ईदगाहमा गोल्डेन हस्पिटलको सहयोग

0 Shares

विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका–६ स्थित ईदगाहमा साँझको समयमा नमाज पढ्न हुने असहजतालाई मध्यनजर गर्दै विराटनगरस्थित गोल्डेन हस्पिटल प्रालिले प्रकाशको व्यवस्था गर्न सहयोग गरेको छ।

ईदगाह परिसरमा साँझको समयमा जनाजाको नमाज अँध्यारोमै पढ्नुपर्ने बाध्यता रहेको जानकारी पाएपछि गोल्डेन हस्पिटलले ईदगाह कमिटीलाई आवश्यक फ्लड लाइट उपलब्ध गराउनुका साथै त्यसको सम्पूर्ण जडान खर्चसमेत व्यहोरेको हो।

हस्पिटलको सहयोगपछि साँझको समयमा ईदगाहमा हुने धार्मिक गतिविधि थप सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ। विशेषगरी जनाजाको नमाजका क्रममा पर्याप्त प्रकाश नहुँदा समुदायका सदस्यले भोग्दै आएको समस्यालाई यसले सम्बोधन गर्ने विश्वास गरिएको छ।

समुदायको आवश्यकता पहिचान गरी धार्मिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको हस्पिटलले जनाएको छ।

स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको गोल्डेन हस्पिटलको यो पहलले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले धार्मिक कार्यमा सहजता थप्नुका साथै समुदाय र स्वास्थ्य संस्थाबीचको सामाजिक सम्बन्धलाई समेत थप सुदृढ बनाउने विश्वास गरिएको छ।

सम्बन्धित समाचारसबै