0
Shares
काठमाडौं- बालगीत परियोजनाअन्तर्गत स्वस्तिश्री गुरुकुल आइ.बी.वर्ल्ड स्कुल, सानोभर्यांङ, काठमाडौंसँग सहकार्य गरी निर्माण गरिएको बालगीत ‘क का कि की’ को अडियो / भिडियो विमोचन भएको छ ।
गीतकार रामबाबु सुवेदीले शब्द रचना गरेको यस बालगीतमा मिलन तिमल्सिनाको संगीत छ ।
सुप्रिम मल्ल ठकुरी र टेरेशा विश्वकर्माको स्वर रहेको यस बालगीतमा साक्षत नेपाल, ऐसल खनाल, तारा सिंह श्रेष्ठ, आरूशी तिमल्सिनालगायत स्वस्तिश्री गुरुकुल स्कुलका बालबालिकाले कलाकारको भूमिका निर्वाह गरेका छन् ।
यसै स्कुलमा आज एक औपचारिक कार्यक्रम गरी गीतको भिडियो विमोचन गरियो ।
यस बालगीतमा आचार्य गोपालको निर्देशन र परिकल्पना, सुनील भण्डारीको छायांकन, वीरबहादुर थारूको सम्पादन र रूपेश श्रेष्ठको कोरियोग्राफी छ ।