0
Shares
सल्यान । सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको लडेर मृत्यु भएको छ ।
सिडिओ कार्यालयमा लडेका बागचौर नगरपालिका टाट्केका ७० वर्षीय टीकाराम वली रहेको निधन भएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार उनी बिहीबार बिहान ११ बजेतिर राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उहाँ आएर सेवा लिनेक्रममा लड्नुभयो । त्यसपछि तुरुन्तै जिल्ला अस्पताल सल्यान पुर्याएका थियौँ । तर, उपचारका क्रममा अस्पतालले मृत घोषणा गर्यो