मृत भेटिए ताराखोलाका वडाध्यक्ष

0 Shares

बागलुङ- ताराखोला गाउँपालिका–३  वडा नम्बर ३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृतावस्थामा भेटिएका हुन् ।

भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा गएको टोलीले मृतकको उद्धार गरेको थियो ।

बुधबार बिहान साढे ११ बजेतिर भण्डारी मृत भेटिएका थिए । गत स्थानीय निर्वाचनमा भण्डारी माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
सम्बन्धित समाचारसबै