२४ भन्दा धेरै प्रकारको परीक्षण काठमाडौँ महानगरपालिकाले खाद्य बजारको घुम्ती प्रयोगशालामा

0 Shares

काठमाडौँ- महानगरपालिकाले खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ भन्दा धेरै प्रकारको परीक्षण गरिरहेको छ ।

कामपाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार घुम्ती प्रयोगशालाको पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल, नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरूमा गरिएको थियो ।

कामपा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबिच यस अघिनै सम्झौता गरेर कामपा र विभागको संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गरेका हुन् ।

प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादीको अवषेशको परिणाम परीक्षण गर्ने उपकरण (आरविपी आर) छ । दूधमा भएको सोडा, चिनी, नून, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एड्ल्टरेसन किट, दूधको सोलिड नट फ्याट (एसएन एफ) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एड्ल्टरेसन किट, पानीको पिएच परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचारसबै