सुनसरी जिल्ला अस्पतालको लापरबाही: कागजात नपुगेको भन्दै भर्ना अस्वीकार गर्दा एम्बुलेन्सभित्रै प्रसूति ||

0 Shares
सुनसरीको कोसी गाउँपालिका–३ की लालु सदालाई प्रसव पीडा भएपछि परिवारले गत असोज २१ गते राति उपचारका लागि इनरुवास्थित जिल्ला अस्पताल पुर्‍याएका थिए तर कागजात नपुगेको र ‘हाइरिस्क’ केस भन्दै अस्पतालले सामान्य जाँचसमेत नगरी भर्ना लिन ठाडै अस्वीकार गर्‍यो। अस्पतालले फर्काएपछि आफन्तले उनलाई विराटनगरस्थित कोसी अस्पतालतर्फ लगेको क्रममा बाटोमै एम्बुलेन्सभित्रै उनले सामान्य अवस्थामा शिशुलाई जन्म दिएकी हुन्। २४सै घण्टा आकस्मिक सेवा र आमा सुरक्षा कार्यक्रम सञ्चालित सरकारी अस्पतालमा चिकित्सकले गम्भीर लापरबाही गर्दै सेवा दिन इन्कार गरेको भिडियोसहितका विवरण सार्वजनिक भएपछि स्थानीय बासिन्दाले तीव्र आक्रोश व्यक्त गरेका छन् भने यस विषयमा प्रतिक्रिया लिन खोज्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष प्रसाद साह सम्पर्कमा आउन चाहेनन् यद्यपि स्रोतले भने हेमोग्लोबिन कम भएका कारण एनआईसीयू सुविधा भएको अस्पतालमा रेफर गरिएको दाबी गरेको छ।
सम्बन्धित समाचारसबै