जाजरकोटमा जिप दुर्घटना: २ जनाको मृत्यु, ३ घाइते ||

0 Shares

जाजरकोट — सुर्खेतबाट जाजरकोटको जुनिचाँदेतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आज बिहान करिब २ बजेतिर जुनिचाँदे गाउँपालिका–२ स्थित गैरीगुवामा कर्णाली प्रदेश ०२-००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्याला बस्ने २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्याला निवासी ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ।

त्यस्तै, दुर्घटनामा मृतक बिपनाका पति ३० वर्षीय दिलबहादुर भण्डारी, उनका ४ वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ। घाइते सबैलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचारसबै