नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंकखाता रोक्का

0 Shares

 काठमाडौं । अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का विभिन्न ९ वटा बैंकमा रहेका १६ वटा खाता रोक्का भएको छ ।

ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, एनएमबी र नेपाल बैंक लिमिटेडमा रहेका खाता रोक्का गरिएको हो ।

यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले एनओसीका बैंक खाता रोक्का गर्ने र एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो

सम्बन्धित समाचारसबै