0
Shares
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ६ जना राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ।
कम्पनीले हालै देशभर १० लाखभन्दा बढी घरधुरीमा इन्टरनेट जडान गरेको उपलब्धिको अवसरमा यो घोषणा गरेको हो।
नयाँ ब्रान्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन्।
सम्झौतामा वर्ल्डलिंकका सह-संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए।
नेपालमा कुनै कम्पनीले एकै पटक ६ जना ब्रान्ड एम्बेसडरहरू नियुक्त गरेको यो पहिलो पटक हो भनिएको छ। यसले वर्ल्डलिंकको राष्ट्रिय गर्व, खेलकुद र समुदाय विकासप्रतिको प्रतिबद्धता देखाउँछ।