सिलगढीमा डिएमए प्रणालीबाट खानेपानी सञ्चालन हुने

0 Shares

डोटी : सदरमुकाम सिलगढी तथा आसपासका क्षेत्रमा वितरण भइरहेको खानेपानी लाइन छिट्टैनै डिएमए प्रणालीबाट सञ्चालन हुने भएको छ।

सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आइतबार राखेको छलफल कार्यक्रममा उक्त कुरा जानकारी गराएको हो।

विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन भइरहेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले सिलगढी पाइपलाइन स्तरोन्नति एवं वितरण कार्यक्रम अन्तर्गत हाल वितरण गरिएका प्रत्यक्ष पाइपलाइनलाई व्यवस्थित गर्ने समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिए।

सम्बन्धित समाचारसबै