0
Shares
काठमाडौँ – नेपाली कम्पनीको साइबर सुरक्षा मजबुत बनाउने उद्देश्यले कारोबार एप र इनरेड ल्याब्सबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
इनरेड ल्याब्स एक ‘प्रो-एक्टिभ डिफेन्स कम्पनी’ हो, जसले विभिन्न कम्पनी एवं संघसंस्थालाई साइबर सुरक्षा प्रदान गर्छ । साथै, कम्पनीको सिस्टममा भएका सुरक्षा कमजोरीहरू पत्ता लगाएर सुधार गर्ने काम गर्ने इनरेडको भनाइ छ।
इनरेड ल्याब्सका सीईओ सुशील फुयालले भने, ‘हामी ह्याक गरेर कम्पनीको सुरक्षा परीक्षण गर्छौं, ताकि भविष्यमा ह्याकिङको खतराबाट जोगिन सकियोस् । यदि कसैले पनि आफ्नो एप्लिकेसनको सुरक्षा परीक्षण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।’