0
Shares
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति शौचालयमा लडेका कारण उपचारको क्रममा टाउकोमा ३ वटा टाँका लगाइएको छ ।
शौचालयमा लडेपछि उहाँलाई रातारात मेडिसिटी अस्पताल ल्याएर सवा १२ बजे उपचार गरिएको थियो । राति नै घर फर्कनुभएका उहाँको अवस्था सामान्य रहेको बताइन्छ ।