विराटनगरमा ‘पोडवे’ को पहल

0 Shares

काठमाडौँ – वैशाख १८ र १९ गते कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा कोशी प्रदेश सरकार र काठमाडौँ पोडवे कम्पनीबिच सम्झौता भएको हो ।

‘पोडवे’ रेल प्रविधिमा आधारित सार्वजनिक यातायातको नवीन साधन हो । पोडवे यन्त्रको सहायताले तारको लिकमा गुड्ने अत्याधुनिक प्रविधि हो । रेलको अत्याधुनिक स्वरूप भएकाले यसलाई सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रूपमा लिइन्छ ।

सरकारले २०८० मङ्सिर ७ मा राजपत्रमा सूचना प्रकाशित गरी पोडवे सेवालाई कानुनी मान्यता दिइसकेको छ ।

काठमाडौँ पोडवे कम्पनीका उपाध्यक्ष नील भट्टराईले लगानी सम्मेलनमा पोडवे सञ्चालनको अध्ययन गर्न सम्झौता भएको जानकारी दिनुभयो । पहिलो चरणमा सो सेवा सञ्चालन गर्नका लागि प्राविधिक, वातावरणीय रूपमा उपयुक्त छ/छैन भनेर अध्ययन गरिने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारसबै