जरा र गन्धमार्फत बोटबिरुवा पनि गर्छन् संवाद !

0 Shares

काठमाडौं ।विश्वभरका वैज्ञानिकहरूले गरेका अनुसन्धानले बाेटबिरुवाले विभिन्न तरिकाले संवाद गर्छन् भन्ने देखाएको छ  ।

ध्वनि, गन्ध, रासायनिक सङ्केत र जमिनमुनिको ढुसी नेटवर्क प्रयोग गरेर उनीहरूले संवाद गर्ने गरेकाे पाइएको छ ।

सन् २०२३ को मार्चमा सेल जर्नलमा प्रकाशित एक अनुसन्धान अनुसार बिरुवाले तनावको समयमा अल्ट्रासोनिक ध्वनि निकाल्ने गर्छन्, जुन हामीले सुन्न नसके पनि किरा, चमेरा र मुसाजस्ता प्राणीहरूले सजिलै सुन्न सक्छन् । यस सम्बन्धी अध्ययन इजरायलको तेल अविव विश्वविद्यालयका प्रोफेसर लिलाच हाडानी प्रोफेसर योसी योवेल  र तिनका सहकर्मीले गरेका थिए ।

सम्बन्धित समाचारसबै