भरतपुर- साेमबार भरतपुरस्थित आधिकारिक डिलर ‘धनकल ट्रेडिङ’ मा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममार्फत क्रेटा इभी सार्वजनिक गरिएको हो ।
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले चितवनको भरतपुरमा नयाँ विद्युतीय गाडी ‘क्रेटा इभी’ सार्वजनिक गरेको छ ।
कार्यक्रमको प्रमुख आकर्षण स्वरूप कम्पनीले पाँचवटा क्रेटा इभी गाडी ग्राहकलाई कार्यक्रम स्थलबाटै हस्तान्तरण गरेको थियो । कार्यक्रममा हुन्डाईका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै गाडीसम्बन्धी विस्तृत जानकारी तथा सहयोग प्रदान गरेका थिए ।
कम्पनीका अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारी सम्बन्धी सोच र शङ्का भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सहज बनाएको छ। धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गरेको देखिन्छ। तर हुन्डाई नेपालले देशमै क्रेटा आईसीई (पेट्रोल) मोडलको उत्पादन कार्य थालिसकेको छ । क्रेटा ईभी र आईसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले अब कुनै पनि समस्या हुने छैन।