0
Shares
काठमाडौं: आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खड्काले विदेशी मुद्रा भित्र्याउने सम्भावना रहेको भन्दै यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए।
उनले आइटीले युवालाई रोजगारी मात्रै नदिएको बताउँदै यसले विदेशी मुद्रा आर्जन गर्नुको साथै मुलुकको अर्थतन्त्रलाई सफल र सुदृढ बनाउन सक्ने बताए।