सार्वजनिक यातायाततर्फ नेपाली सडकमा १८ ओटा जुबाओ ईभी भ्यान गुड्ने

0 Shares

काठमाडौँ । नेपालका लागि जुबाओ ब्रान्डको विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आक्र्स ग्रुपले आफ्नो पहिलो डेलिभरी गरेको छ ।

कम्पनीले भित्र्याएका १४ सिट क्षमताका विद्युतीय भ्यानमध्ये पहिलो चरणमा १८ थान गाडी स्वयम्भू हारती टुर्स एन्ड ट्राभल्स प्रालिलाई हस्तान्तरण गरेको हो ।

स्वयम्भू हारती टुर्सले यी भ्यानहरू काठमाडौंबाट चितवन, हेटौंडा, वीरगन्जलगायतका स्थानमा सार्वजनिक यातायातको रूपमा सञ्चालन गर्ने जानकारी दिएको छ ।

जुबाओ ईभी भ्यान चीनको एफएडब्लू जिलिन कम्पनीद्वारा उत्पादन गरिएको अत्याधुनिक विद्युतीय सवारी साधन हो । समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि यो उपयुक्त हुने कम्पनीको दाबी छ ।

सम्बन्धित समाचारसबै