पाँच वर्षमा साढे ६ लाखभन्दा बढीलाई एनओसी, अफ्रिकादेखि युरोपसम्म पढ्न जाँदै नेपाली

0 Shares

काठमाडौँ- विगत पाँच वर्षको अवधिमा साढे छ लाखभन्दा बढी नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका पाइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार विसं २०७७ देखि २०८१ को फागुन ७ गतेसम्म ६ लाख ६८ हजार ९४३ जनाले एनओसी लिएका छन्।

भारतमा अध्ययनका निम्ति एनओसी लिएर अनि नलिईकन पनि नेपाली विद्यार्थीहरू जाने भएकाले त्यो सङ्ख्या अझ बढी हुन सक्ने जानकारहरू बताउँछन्।

अध्ययनका लागि नेपाली विद्यार्थीहरूले अनुमतिपत्र लिएका देशहरूमा जाम्बिआदेखि बोस्निआ एन्ड हर्जगोभिनासम्मका छन्।

सम्बन्धित समाचारसबै