गुलाबी नुनले शरीरमा गर्ने फाइदाहरू

0 Shares

काठमाडौं : हामी सबैले दैनिक रूपमा सामान्य सेतो (टेबल) नुन उपभोग गर्छौं।

नुनले खानालाई आवश्यक स्वाद दिनुको साथै संरक्षण गर्न पनि मद्दत गर्छ। तर यसको अत्यधिक सेवनले रक्तचाप र मुटु रोग जस्ता स्वास्थ्य समस्या  निम्त्याउन सक्छ। त्यसैले धेरै स्वास्थ्य विशेषज्ञले  गुलाबी नुन वा गुलाबी हिमालयन नुन सेवन गर्न सुझाव दिन्छन्।

टेबल नुन र हिमालयन गुलाबी नुनमा सोडियमको मात्रा लगभग बराबर छ। तर गुलाबी नुनको स्वास्थ्य लाभ छ। यसमा क्याल्सियम, पोटासियम र म्याग्नेसियम जस्ता खनिजहरू हुन्छन्। यसको फाइदा अतिरिक्त तौल घटाउन मद्दत गर्छ।   गुलाबी नुन तौल घटाउन उपयोगी छ भन्ने कुरा प्रमाणित गर्ने पर्याप्त प्रमाण नभए पनि, यसले तपाईंको समग्र स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ र स्वस्थ तौल कायम राख्न मद्दत गर्छ।

सम्बन्धित समाचारसबै