डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा निजी क्षेत्र असन्तुष्ट, मन्त्रीको गुनासो कर्मचारीसँग

0 Shares

काठमाडौँ । ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’ कार्यान्वयनमा सरकार गम्भिर नभएको भन्दै नीजि क्षेत्रले गुनासो पोखेका छन् ।

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क २.०: कार्यान्वयन सरोकारवालासँग छलफल’ कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सरकारप्रति असन्तुष्टि पोखेका हुन् । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले भने सरकारले डिजिटल नेपालको सपनालाई पूरा गर्न हर प्रयासहरू गरिरहेको बताए ।

आफूले मन्त्रीको शपथ खाने बेलामा नै प्रधानमन्त्रीले दुईओटा काम प्रविधि क्षेत्रमा नगरी नहुने सम्झाएको भन्दै उनले साइबर सुरक्षा कानुन र  डिजिटल संरचनामा बनाउन सरकार लागि परेको बताए ।

कार्यक्रममा क्यान महासंघले आईसिटी नीति निर्माता, आईटी सल्लाहकार,  एसियाली विकास बैंक,  वर्ल्ड बैंक, प्रधानमन्त्रीका आईटी सल्लाहकार, डेटा सेन्टरका अनुसन्धानकर्ता,  नेपाल चेम्बर अफ कमर्सका सरोकारवालाहरूसँग छलफल पनि आयोजना गरेको थियो । सरोकारवालाहरूले डिजिटल नेपाल फ्रेमवर्क २.० का आधारभूत पक्षहरूलाई समेट्दै विश्वव्यापी रुपमा प्रयोगमा आउन सक्ने खालको नयाँ तरिकाबाट काम सुरू गर्नुपर्नेमा जोड दिएका छन् । छलफलमा  निजी क्षेत्रले डिजिटल नेपाल फ्रेमवर्क २.० लाई सरकारले अब राजनीतिक मुद्दा मात्रै बनाइ कार्यान्वयनमा लैजानुपर्ने माग गरे । नेपाल चेम्बर अफ कमर्सका सूचना प्रविधि अध्यक्ष विज्ञा श्रेष्ठले बजेटमा आईटी क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न पनि करको दायरा घटाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचारसबै