काठमाडौं । सरकारले विद्युत् उपभोगको समयका आधारमा ग्राहकले तिर्ने महसुल फरकफरक बनाउने घोषणा गरेको छ ।
विहीबार संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
‘औद्योगिक र ग्रार्हस्थ्य ग्राहकका लागि ऊर्जाको माग, खपत र समयका आधारमा विद्युत महसुल फरक फरक पारिनेछ,’ अर्थमन्त्री पौडेलले घोषणा गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड विनियोजन गरिएको पनि उनले जनाकारी दिए ।
ऊर्जा क्षेत्रको अनुसन्धान र विकासलाई प्राथमिकता दिइने, भूमिगत जलस्रोतको उपयोगलाई डिजिटाइजेसन गरिने, ऊर्जा सुरक्षाका लागि उत्पादन विविधकरण गरिने तथा जलायशयुक्त आयोजनालाई प्राथमिकता दिइने पनि उनले बताए ।