रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ट कार्यक्रमअन्तर्गत निर्माण गरिएका विद्यालय भवनहरू औपचारिक रूपमा व्यवस्थापन समितिलाई हस्तान्तरण-BHITRAKOKHABAR

0 Shares

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख अतिथ्यमा भएको कार्यक्रम विराटनगर वार्ड नम्बर ५ स्थित श्री सिद्धकाली आधारभूत विद्यालयका नवनिर्मित भवनहरू हस्तान्तरण गरिएको हो।

रोट्रयाक्ट क्लब अफ विराटनगर को अग्रसरतामा निर्माण गरिएको भवन पूर्ण बालमैत्री रहेका छन् । करिब ५० लाख रुपैयाँको लागतमा रोटरी फाउन्डेसन को ग्लोबल ग्रान्ड कार्यक्रम मार्फत चारवटा भवन र दुईवटा शौचालय निर्माण गरिएको हो। चारवटा पक्की भवनमा १२ वटा कोठा रहेका छन्।

त्यस्तै अपाङ्ग मैत्री शौचालय छात्र र छात्राका लागि बेग्लाबेग्लै छन्। रोट्रयाक्टले भवन निर्माणसहित खेल मैदान प्रवेशद्वारदेखि नै हरेक भवनमा पुग्नका लागि टाइल बिछाइएको छ।

त्यसबाहेक पार्किङ स्थल तथा खेलकुदका लागि बेग्लाबेग्लै स्थानसमेत बनाइएको छ। कार्यक्रममा मेयर नागेश कोइराला , रोटरी इन्टरनेसनलका बासुदेव गोलियान महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल , रोटरीका विभिन्न पदमा आबद्ध बिनोद अग्रवाल, टी पी आचार्य ,कमल अग्रवाल ,अमित सिंघल , नरेश राठी , समाजसेवी उद्धव थापा रोट्रयाक्ट विराटनगरका अध्यक्ष प्रेम पारख , पूर्व अध्यक्ष रोहित रोनियार , एरोश पौडेल , सजल सुवेदी लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक राजेन्द्र प्रसाद थापालाई भवन हस्तान्तरण गरेका थिए।

मेयर कोइराला र गोल्यानले नवनिर्मित भवनको उद्घाटन समेत गरे। कार्यक्रमको अन्तिममा अध्यक्ष प्रेम पारखले आउँदो वर्ष २०२५-२६ को अध्यक्ष आँशु निरौलालाई पद हस्तान्तरण गरेका छन्।

सम्बन्धित समाचारसबै