रुसमा शक्तिशाली भूकम्प, अभिलेखमा भएकामध्ये ‘छैटौँ ठूलो’ ||

0 Shares

काठमाडौँ रुसको क्याम्च्याट्का प्रायःद्वीपमा बुधवार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरको तटमा रहेका धेरै ठाउँमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस)का अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्च्याट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो। उक्त भूकम्प अहिलेसम्म अभिलेखमा भएकामध्ये छैटौँ ठूलो हो।

रुसी भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको हो। विगत १० दिनमा सोही क्षेत्रमा निरन्तर भुइँचालो गएको थियो। त्यहाँ जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प मापन गरिएको थियो।

सम्बन्धित समाचारसबै