मोरङ कारागारमा महिला कैदी मृत फेला-BHITRAKOKHABAR

0 Shares

जिल्ला कारागार मोरङको महिला सेलमा एक कैदी मृत अवस्थामा फेला परेकी छन्।

बुधबार बिहान सुनसरी बराहक्षेत्र नगरपालिका–६ घर भएकी ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव शौचालयभित्र झुण्डिएको अवस्थामा भेटिएको हो।

जेलर गौरव ढुंगेलका अनुसार उनलाई कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत सुनसरीले २० वर्ष कैद सजाय सुनाएको थियो।

भट्टराईले दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन्। घटनामा उनी र एक सन्तानको उद्धार गरिएको भए पनि अर्का सन्तानको मृत्यु भएको थियो। सोही आधारमा उनीविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो।

२०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा रहेकी भट्टराईलाई जिल्ला अदालत सुनसरीले २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो।

सम्बन्धित समाचारसबै