खण्डहर बने प्रमुख तीन राजनीतिक दलको मुख्यालय (तस्बिरहरू)

0 Shares

काठमाडौँ । भाद्र २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन र त्यस पछिको तोडफोड र आगजनीबाट देशको विभिन्न ऐतिहासिक संरचना लगायत भौतिक संरचनामा ठुलो क्षति पुग्यो ।

देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरू प्रतिको वितृष्णाले निम्त्याएको  परिणाम थियो जेनजी आन्दोलन । जसको फलस्वरूप आन्दोलनकारीहरूले तीन ठुला राजनीतिक दलका मुख्यालयमा तोडफोड सँगै आगजनी गरेका थिए।

सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्ण रूपमा ध्वस्त भएको छ । कार्यालयको प्रमुख प्रवेशद्वार देखि हरेक कोठामा आगजनी गरिएको थियो । नेपाली कांग्रेसले आजबाट देशभरी भएको प्रदेश कार्यालय र जिल्ला कार्यालयमा भएको क्षतिको विवरण सङ्कलन गर्न लागेको हो ।

जेनजी आन्दोलन नेकपा एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांश संरचना खरानी भएका छन् ।

 

सोमबार एमालेका महासचिव शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू पार्टी मुख्यालयमा पुगी कम्युनिस्ट पार्टीको झन्डा राखेका थिए ।

पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि जेनजी आन्दोलनबाट ध्वस्त भएको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट कार्यालयको अधिकांश संरचना जलेर नष्ट भएका छन् ।

 

सम्बन्धित समाचारसबै