0
Shares
काठमाडौँ । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल नगर्न आग्रह गरेको छ। ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनीसहित पठाएको पत्रको जवाफमा रक्षा मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो।
सरकारले गोर्खाहरूको सेवा र बलिदानको उच्च सम्मान व्यक्त गर्दै, पेन्सन र समानतासम्बन्धी मागहरू कानुनी र प्रशासनिक जटिलतासँग जोडिएको कारणले जिम्मेवारीपूर्वक अध्ययन भइरहेको जनाएको छ। लन्डनस्थित नेपाली दूतावाससँग समन्वय गरी वार्ता अगाडि बढाउने र न्यायपूर्ण समाधान खोज्ने आश्वासन दिएको छ।
गोर्खा सैनिकहरूले सन् १९४७ को त्रिपक्षीय सम्झौताको मर्मअनुसार पेन्सनमा पूर्ण समानता नभएको भन्दै न्यायपूर्ण समाधानको माग गर्दै आएका छन्। अहिले नेपाल–बेलायतबीचको त्रिपक्षीय वार्ता मुख्य रूपमा पेन्सनको विषयमा केन्द्रित छ।