नेपाल राष्ट्र बैंकद्वारा ‘ग्लोबल मनी विक’ मनाइने

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी चैतमा वित्तीय साक्षरता अभिवृद्धि गर्न ‘ग्लोबल मनी विक’ मनाउने तयारी थालेको छ। यस वर्षको अभियान ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८) गतेसम्म सञ्चालन हुनेछ।

राष्ट्र बैंकका अनुसार बालबालिका र युवामा वित्तीय ज्ञान, सिप र सकारात्मक मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वभर मनाउँदै आइएको छ।

विश्वव्यापी यस वित्तीय चेतनामूलक अभियानले हालसम्म १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका र युवालाई समेटिसकेको छ। नेपालमा यस वर्ष पनि राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै कार्यक्रममा वित्तीय प्रणालीसँग आबद्ध विभिन्न संस्थाको सक्रिय सहभागिता सुनिश्चित गर्ने जनाएको छ।

सम्बन्धित समाचारसबै