डिजिटल लोकप्रियतामा मोदी अगाडि, ट्रम्पभन्दा दोब्बर फलोअर्स

0 Shares

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल इन्स्टाग्राममा १० करोड (सय मिलियन) फलोअर्सको कीर्तिमानी आँकडा पार गरेका छन्। यो उपलब्धिसँगै उनी इन्स्टाग्राममा यति धेरै फलोअर्स हुने विश्वकै पहिलो राजनीतिक नेता बनेका छन्।

समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार मोदीले सन् २०१४ मा आफ्नो इन्स्टाग्राम यात्रा सुरु गरेका थिए। त्यसयता एक दशकमा उनको खाता विश्व नेताहरूबीच सबैभन्दा सक्रिय र प्रभावशाली डिजिटल उपस्थितिमध्ये एकका रूपमा स्थापित भएको छ।

वैश्विक नेताहरूको तुलनामा पनि मोदीको लोकप्रियता इन्स्टाग्राममा अग्रस्थानमा देखिएको छ। उक्त प्लेटफर्ममा उनका फलोअर्सको संख्या अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब दोब्बर रहेको उल्लेख गरिएको छ।

डिजिटल माध्यममार्फत नागरिकसँग प्रत्यक्ष संवाद र आफ्ना गतिविधि साझेदारी गर्ने शैलीका कारण मोदीको सामाजिक सञ्जाल प्रभाव निरन्तर विस्तार हुँदै गएको विश्लेषण गरिएको छ।

 

सम्बन्धित समाचारसबै