0
Shares
काठमाडौँ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको इरानको सरकारी टेलिभिजनले पुष्टि गरेको छ । उनको मृत्युमा देशभर ४० दिन शोक मनाउने घोषणा गरिएको छ ।
यसअघि डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत खामेनी मारिएको दाबी गरेका थिए । तर त्यसबेला इरानबाट आधिकारिक पुष्टि आएको थिएन ।
त्यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी समाचार संस्था NBC Newsसँगको अन्तर्वार्तामा खामेनी सुरक्षित र स्वस्थ रहेको बताएका थिए ।
तर पछि इरान राज्य टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको निधन भएको पुष्टि गर्दै ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।