आमाको नामबाट करिब ३ हजारले लिए नागरिकता, नयाँ नियमावली कार्यान्वयनमा

0 Shares

काठमाडौं । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ लागू भएपछि आमाको नामबाट नागरिकता लिनेको संख्या उल्लेखनीय रूपमा बढेको छ। हालसम्म २ हजार ९४८ जनाले नयाँ व्यवस्था अनुसार नागरिकता प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ।

नयाँ नियमावलीले बाबु वा आमामध्ये एक जनाबाट नागरिकता लिएका सन्तान, बाबुको पहिचान नभएका वा मृत्यु भइसकेका अवस्थाका सन्तानलाई प्रमुख जिल्ला अधिकारीमार्फत अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ। साथै नागरिकता वितरणमा स्वघोषणालाई पनि आधार मानिने प्रावधान थपिएको छ।

यस संशोधनले नागरिकता प्रदान गर्ने अधिकार स्थानीय तहसम्म विस्तार गर्दै प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको छ भने नाबालक परिचयपत्र सम्बन्धी व्यवस्था पनि समेटिएको छ। साथै विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गर्दा वैवाहिक अंगीकृत नागरिकता पाउन भिसा नियमित हुनुपर्ने प्रावधान समेत स्पष्ट गरिएको छ।

सम्बन्धित समाचारसबै