विराटनगर,
नेकपा माओवादी केन्द्र का पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री शिव कुमार मण्डलले रंगेली कृषि बजार विकासका लागि पहल थालेका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग भेटेर रंगेली कृषि बजार विकासका लागि पहल सुरु गर्न आग्रह गरेका छन् । उनले त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्न समेत अनुरोध गरेका छन् ।
मण्डलले आफ्नो पालोमा सुरु गरेको धेरै कामहरु बाकी रहेको र त्यो सबै योजनाहरुलाई यथाशिघ्र समापन गरेर सञ्चालनमा ल्याउन आग्रह गर्दै त्यसका लागि चाहिँने आवश्यक प्रक्रियाहरु पुरा गर्न समेत पहल गर्न सुझाएका छन् ।
प्रधानमन्त्री संगको भेटमा उनले बजेट अभावले गर्दा रोकिएको र दक्षिणी भेगमा अलपत्र परेका योजनाहरुलाई छिटो कार्यान्वयन गर्न अनुरोध गरेका छन् । उनले उक्त सम्वादमा थप नयाँ योजनाहरुलाई समेट्न र काम थाल्न आग्रह गरेका छन् ।
मण्डलले रंगेलीको कृषि बजार , एक निर्वाचन क्षेत्र एक भौतिक पुर्वाधार विकास कोष,दादरबेरियामा १५ शैय्याको अस्पताल, रिंग रोड लगायतका योजनाहरु सुरु गर्ने र सुरु भइसकेका योजनाहरुलाई छिटो सम्पन्न गर्ने विषयमा छलफल भएको बताए । उनले थप केहि योजनाहरु रातो किताबमा समावेश भएको र ०८१ को बजेट भाषणमा आउने पक्का भएको बताए । उनले उक्त सम्वादमा नयाँ योजनालाई प्राथकिता दिने र पुरानो योजनाहरुलाई कार्यान्वयन गर्ने गरी छलफल टुङिगएको बताए । मण्डलले बजेट अभावमा रोकिएका योजनाहरुलाई आवश्यक बजेटहरु व्यवस्थापन गर्ने समेत अनुरोध गरेको बताए ।