सरकारी विज्ञापन मिडियामा मात्रै दिने सरकारको निर्णय

0 Shares

काठमाण्डौ । सरकारले अब आफ्ना विभिन्न विज्ञापनहरू सिधै सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जारी गरेको सूचनामा यस्तो व्यवस्था लागू गरिएको उल्लेख गरिएको छ।

सूचनाअनुसार विज्ञापन प्रकाशन गर्दा कुनै पनि तेस्रो पक्षलाई संलग्न नगरिनेछ भने सरकारी निकायबाट मिडियाको खातामा रकम सिधै भुक्तानी गरिने व्यवस्था गरिएको छ। सरकारले यस कदमलाई सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यसहित अघि बढाइएको जनाएको छ।

यद्यपि, सञ्चार क्षेत्रका जानकारहरूले यस निर्णयले निजी मिडिया तथा विज्ञापन एजेन्सीहरूमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्तो व्यवस्थाले व्यवसाय घट्नुका साथै रोजगारीमा समेत असर पर्ने सम्भावना रहेको छ। 657692622_2197946800612870_4142600690964731184_n-1775111029.jpg

सम्बन्धित समाचारसबै