जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको आयोजनामा बिहीबार अस्पताल परिसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रगतको अभाव झेलिरहेका बिरामीहरूलाई सहज सहयोग पुर्याउने तथा समाजमा रक्तदानसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित उक्त कार्यक्रमबाट कुल ५४ युनिट रगत संकलन भएको छ। रक्तदानमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, सेवाग्राहीका साथै स्थानीय आगन्तुकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
अस्पतालका प्रतिनिधिले रक्तदानमा सहभागी सम्पूर्ण रक्तदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आवश्यक परेको समयमा बिरामीका लागि रगत उपलब्ध गराउन यस कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिइने अस्पताल प्रशासनले जनाएको छ।