ब्रोड पिकबाट निम्स दाइसहित चार आरोहीको शव बेसक्याम्प पुर्‍याइयो ||

0 Shares

काठमाडौँ । पाकिस्तानस्थित प्रसिद्ध ‘ब्रोड पिक’ हिमालमा दुर्घटनामा परेका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)सहित चार जना आरोहीको शव सङ्कलन गरी सफलतापूर्वक बेस क्याम्प ल्याइएको छ।

निम्स दाइका व्यावसायिक साझेदार एवं प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट घटनाको पुष्टि गरेका हुन्। उनका अनुसार अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण उद्धार प्रयासपछि निम्स पुर्जा, जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शवलाई बेस क्याम्पसम्म ल्याउन सफलता मिलेको हो।

भौगोलिक रूपमा अत्यन्तै जटिल र प्रतिकूल मौसमका बिच सञ्चालित यस कठिन उद्धार मिसनको नेतृत्व वरिष्ठ आरोही मिङ्मा जीले गरेका थिए। उद्धार टोलीमा पाकिस्तानका चर्चित आरोही सिरबाज खानसहित फिल्डमा खटिएका प्राविधिक तथा अनुभवी उद्धारकर्ताहरूको टोली सहभागी थियो।

सम्बन्धित समाचारसबै