विराटनगर- विराटनगर ५ दामाबन्दीस्थित श्रीसिद्धकाली आधारभूत विद्यालयले विभिन्न सम्मान कार्यक्रमका साथ आफ्नो ३५औ वार्षिक उत्सव समापन गरेको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला थिए।
कार्यक्रममा स्थानीय समाजसेवी विराटनगर ५ निवासी मनमोहन श्रेष्ठले प्रत्येक विद्यार्थीलाई कपी, कलम , विद्यालयमा पङ्खा र घडी सहयोग गरेका हुन्।
कार्यक्रमको उद्घाटन भने विद्यालयमा बिरुवा रोपेर गरिएको थियो साथै बालबालिकाको नेतृत्व, क्षमता विकास गर्न आधारभूत तहको विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको र महानगरले पनि शिक्षण क्षेत्रको विकासका निमित्त अहोरात्र खटिरहेको र अगामी दिनहरुमा पनि यस विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
” विद्यालय सुधार उन्मुख रहेको र विगतमा भन्दा हाल परिवर्तनले फड्को मारेको, र विभिन्न शैक्षिक क्षेत्रका अग्रज व्यक्तित्वहरूको साथ सहयोगले आफूलाई कार्य गर्न निकै सहज रहेको” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम यादवले बताएका छन्।