भिख मागेरै कमाए ७.५ करोड रुपैयाँ संसारकै धनी भिखारी -BHITRAKOKHABAR-

0 Shares

मुम्बईका एक व्यक्ति भिख मागेरै संसारकै सबैभन्दा धनी भिखारी भएका छन् । भरत जैन नाम गरेका ती व्यक्तिले भिख मागेर मात्रै ७.५ करोड रुपैयाँको सम्पत्ति र १.५ करोड रुपैयाँका दुईवटा फ्ल्याट जोडेको खुलासा भएको छ।

अहिले जैनसँग अतिरिक्त आम्दानीका लागि एउटा स्टेसनरी पसल पनि छ। जैनको परिवार भने उनलाई भिख माग्न रोक्न चाहन्छ, तर उनी भने भिख माग्न छोड्न तयार छैनन्।

जैनले दिनभरि १२ घण्टा निरन्तर भिख माग्छन् र दैनिक झन्डै २५०० रुपैयाँ कमाउँछन्। उनले ४० वर्षदेखि यो काम गर्दै आएका छन्। भिख माग्न नै उनको प्राथमिक आम्दानीको स्रोत हो, जसबाट उनी मासिक ७५,००० रुपैयाँ जति कमाउँछन्।

सम्बन्धित समाचारसबै