सर्लाहीका १९ अस्पताल बन्द गर्न,: मुख्यमन्त्री सिंहको निर्देशन

0 Shares
जनकपुरमधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको २३
    वटा स्वास्थ्य संस्था अनुगमन गरेका छन् ।सर्लाहीको लालबन्दी
    नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकका २३ वटा स्वास्थ्य 
    संस्था अनुगमन गरेका छन् ।
 
अनुगमनको क्रममा ती संस्थाहरूमा देखिएका अनियमितताका कारण १९ 
अस्पताललाई तत्काल बन्द गर्ने निर्देशन जारी गरिएको हो । यी 
अस्पतालहरू सेवा सञ्चालन अनुमति पत्र बिना वा मापदण्ड विपरीत सेवा
 दिइरहेको पुष्टि भएपछि यो कडा कदम उठाइएको मुख्यमन्त्री सिंहले 
बताए।

मुख्यमन्त्री सिंहले राज्यमा स्वास्थ्य सेवा सञ्चालन गर्दा मापदण्डको
 पूर्ण पालना अनिवार्य भएको बताए । उनका अनुसार स्वास्थ्यजस्तो 
संवेदनशील क्षेत्रमा लापरबाहीलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिने
 छैन।
सम्बन्धित समाचारसबै