स्टार खेलाडीबिनै अर्जेन्टिनालाई सफलता :विश्व कप छनाेट

0 Shares

काठमाडौं |स्टार खेलाडी लियोनल मेसी, लाउटारो मार्टिनेज र अन्य महत्त्वपूर्ण खेलाडीको कमी महसुस नगरी अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा उरुग्वेमाथि जित निकालेको छ।

थियागो अल्मडाको सशक्त कर्ली सट गोलमा परिणत हुँदा अर्जेन्टिनाले घरेलु टोली उरुग्वेलाई १–० ले हराउँदै विश्वकप छनोटमा महत्त्वपूर्ण जित निकालेको हो। यो जितले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अर्को वर्ष हुने विश्वकपमा सीधै स्थान बनाउन एक अंक मात्र टाढा छ।

राउन्ड रोबिनका आधारमा भएको छनोटमा अर्जेन्टिना १३ खेलबाट २८ अंकसहित शीर्षमा छ। मंगलबार ब्राजिलसँग घरेलु मैदानमा हुने खेलमा बराबरीको अंकले पनि अर्जेन्टिना विश्वकपमा स्थान बनाउन सफल हुनेछ। लियोनल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना सातौं स्थानको बोलिभियाभन्दा १५ अंकले अगाडि छ।

यस क्षेत्रबाट १० टोलीमध्ये शीर्ष ६ राष्ट्रले सीधै विश्वकपमा स्थान बनाउनेछन्। अब पाँचौं चरणका खेल बाँकी छन्। गत संस्करणमा दक्षिण अमेरिकी क्षेत्रका पावर हाउस ब्राजिल र अर्जेन्टिना एकअर्काविरुद्ध रियो दी जेनेरियोमा प्रतिस्पर्धा गरेका थिए। माराकाना स्टेडियममा भएको त्यो खेलको नतिजा अर्जेन्टिनाको पक्षमा १–० ले रह्यो। त्यसैले मंगलबार हुने खेलमा पनि अर्जेन्टिनालाई बलियो दाबेदारका रूपमा हेरिएको छ।

शुक्रबार नै भएका अन्य खेलमा इक्वेडरले भेनेजुएलालाई २–० ले हराउँदै छनोटको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। त्यसैले इक्वेडरलाई पनि यसपल्ट पनि विश्वकपनजिक पुगेको बुझिन्छ। जितले इक्वेडर ब्राजिलभन्दा २१ अंकसहित तेस्रो स्थानमा झरेको छ।

सम्बन्धित समाचारसबै