दशरथ रङ्ग’शालाको मापदण्ड नपुग्दा ‘नेपालमा हुने खेल मलेशियामा’

0 Shares
काठमाडौं|यदि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फीफा) को तालिका अनुसार खेल हुने 
थियो भने एएफसी एशियन कप छनोट २०२७ अन्तर्गत तेस्रो चरणको खेल आज 
काठमाण्डूको दशरथ रङ्गशालामा हुने थियो।

राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले रङ्गशालामा भरिभराउ दर्शक माझ मलेशियाविरुद्ध आफ्नै मैदानमा ‘होम म्याच’को अवसर पाउँथे।

तर त्यसो भएन। सो खेल मलेशियाको जोहोरस्थित सुल्तान इब्राहिम रङ्गशालामा हुँदैछ।फीफाले दशरथ रङ्गशाला सुरक्षित नभएको भन्दै नेपालमा सो खेल खेलाउने स्वीकृति नदिएपछि खेल मलेशियामा सरेको अधिकारीहरूले बताएका छन्।

यो सँगै नेपाली भूमिमा पुरुष राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेल नभएको झन्डै डेढ वर्ष पुगेको छ।

सम्बन्धित समाचारसबै