अत्यधिक विषादी भेटियो पालुंगो सागमा,

0 Shares

 काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको पालुंगो सागमा बढी मात्रामा विषादी भेटिएको छ ।

भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा बुधबार ल्याइएको पालुंगो सागमा ८३.६२५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा पालुंगो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त साग उपभोग अयोग्य रहेको जनाइएको छ ।

सम्बन्धित समाचारसबै