क-कसले पाए ?-अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई नास्टले दियो १२ लाखसम्म अनुदान,

0 Shares

काठमाडौं | नास्टले ‘युवा वैज्ञानिकहरुको लागि अनुसन्धान सहयोग’ कार्यक्रम अन्तर्गत १२ लाखसम्म अनुदान प्रदान गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा प्राप्त भएका अनुसन्धान प्रस्तावहरूमध्येबाट अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न चाहने युवा वैज्ञानिकहरूलाई अनुदान दिएको हो ।

व्यक्ति/समूहगतको अनुसन्धानका लागि पाँच लाख, संस्थागतको दश लाख र बहु विधागतको लागि बाह्र लाख रूपैयाँसम्म अनुदान दिइएको छ ।

अनुसन्धान अनुदान प्राप्त गर्ने बहुविधागतका आवेदकहरुले कार्यालयको पत्र र बैंक खाता विवरण (पान नं. सहित) र क्याम्पस स्तर (स्नातक) र विद्यालय स्तर विधाका प्रस्तावका आवेदकहरुले आफ्‌नो बैंक खाता विवरण र पान नं सहित अनुसन्धान अनुदान सम्झौताको लागि ७ दिन (कार्यालय समय) भित्र यस प्रज्ञा प्रतिष्ठानको कोठा नं. २०५ (फोन नं. ०१५२५३६१९) मा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

सम्बन्धित समाचारसबै