बनमा लागेको डढेलो बस्तिमा पस्दा ६ वटा घरगोठ जलेर नष्ट भएका छन् ,

0 Shares

रामेछाप- सामुदायिक बनमा लागेको डढेलो बस्तिमा पस्दा ६ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको बसन्त सामुदायिक बनमा लागेको डढेलो बस्तिमा पस्दा ६ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

हिजो दिउँसो जंगलको बेलटार क्षेत्रबाट शुरु भएको आगो बस्तिमा बस्दा ४ वटा गोठ र २ वटा घर जलेर नष्ट भएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

डढेलोले बस्ति भेटेपछि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी, स्थानीयहरु समेतको प्रयासमा डडेलो नियन्त्रणको काम भइरहेको उक्त वडाका वडा अध्यक्ष हरिचन्द्र श्रेष्ठले बताउनु भयो ।

डढेलोले रामपुरका ठिङ्ग्रे, चुकिया र स्वाङग्रा गाउँका घरहरु भेटेको छ । अहिले अग्नि रेखा बनाएर आगो नियन्त्रणको प्रयास भइरहेको स्थानीयहरुले बताएका छन् ।

सम्बन्धित समाचारसबै