0
Shares
काठमाडौं –नेपाल टेलिकमले सदरमुकाम मान्मदेखि जुम्ला हुँदै गमगढीसम्म पहिलो पटक ( ADSS) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ।
देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्यअन्तर्गत विस्तार गरेको यस सूचना महामार्गले कालिकोट, जुम्ला, मुगुलगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको नेपाल टेलिकमले जनाएको छ।