0
Shares
काठमाडौँ । २०२६ को फिफा विश्वकपमा लागि इरान छनौट भएको छ ।
गएराती सम्पन्न छनौट खेलमा उज्बेकिस्तानसँग २-२ गोलको बराबरी खेल्दै इरान एशिया छनौटको समुह ए बाट विश्वकपमा छनौट भएको हो ।
इरान यसअघि ७ पटक फिफा विश्वकप खेलिसकेको छ । इरानले १९७८, १९९८, २००६, २०१४, २०१८ र २०२२ को विश्वकप खेलिसकेको छ ।
एशियाबाट जापान यसअघि नै विश्वकपमा छनौट भइसकेको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ देशले भाग लिदै छन् । जसमा एशियाबाट ८ देशले सिधै भाग लिने छन् भने एक देशले प्लेअफ मार्फत छनौट हुन सक्ने छ ।