बिजुलीमा ५० प्रतिशत छुट गरिबलाई,

0 Shares

काठमाडौँ | सरकारले गरिब जनतालाई विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।

सरकार स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

निम्न आय भएका उपभोक्तालाई ३० युनिटसम्म विद्युत् उपभोग गरेबापत सेवाशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए।

‘आर्थिक अवस्था कमजोर भएका ग्राहकलाई राहत दिन यो निर्णय गरेका हौं,’ मन्त्री खड्काले भने, ‘सेवाशुल्क ३० रुपैयाँ तिर्ने न्यून आय भएका ग्राहकले अब १५ रूपैयाँ तिरे पुग्छ।’

 

सम्बन्धित समाचारसबै