राजादेखि रंकसम्मका डाक्टर वरिष्ठ चिकित्सक डा. श्रेष्ठको निधन ,

0 Shares

काठमाडौं– स्वर्गीय राजा वीरेन्द्रका निजी वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ ।

त्रिपुरेश्परस्थित ब्लुक्रस अस्पतालका संरक्षक डा. श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो । ललितपुरको कुपन्डोल निवासी डा। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज कुपण्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ।डा श्रेष्ठको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको  ब्लुक्रस अस्पतालले  जनाएको छ।

सर्वसाधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका डा। श्रेष्ठ तत्कालीन राजा वीरेन्द्रका र मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका निजी चिकित्सक समेत हुन् । राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ ।

डाक्टर श्रेष्ठको निधनप्रति नेपाल चिकित्सक संघले समेत दुःख व्यक्त गरेको छ ।

सम्बन्धित समाचारसबै