0
Shares
काठमाडौं । ग्यास अभावका कारण उपभोक्ता समस्यामा परिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
ग्यास आपूर्ति सहज बनाउन नसकेको भन्दै आलोचना खेपिरहेकी मन्त्री यादव पछिल्लो समय आफ्नै अभिव्यक्तिका कारण पनि विवादमा तानिएकी थिइन्। हिजो संसदीय समिति बैठकमा उनले ग्यास अभावको दोष उद्योगीमाथि लगाउँदै कर्मचारीबाट समेत सहयोग नपाएको बताएकी थिइन्।
त्यसपछि उद्योगीलाई पाता कस्ने र लाइसेन्स खारेज गर्ने चेतावनी दिएपछि व्यवसायीहरू थप आक्रोशित बने। उनीहरूले प्रधानमन्त्री कार्यालयसम्म आफ्नो असन्तुष्टि पुर्याउँदै अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका थिए।