0
Shares
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल अगाडि एक विपन्न महिलाले फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएपछि सरकारी स्वास्थ्य सेवामाथि गम्भीर प्रश्न उठेको छ।
पीडित बबिता पासवानको दाबीअनुसार, प्रसव पीडा लागेपछि राति अस्पताल पुगेकी उनलाई आवश्यक जाँचका लागि २ हजार ५ सय रुपैयाँ मागिएको थियो। पैसा नभएपछि अस्पतालले भर्ना लिन नमानेको र बाहिर निकालिदिएको उनको आरोप छ।
त्यसपछि अस्पताल बाहिर नै प्रसव पीडाले छट्पटाइरहेकी बबिताले फुटपाथमा बच्चा जन्माइन्। बच्चा जन्माएपछि अस्पताल पुगे पनि स्वास्थ्यकर्मीले भर्ना नलिएको उनको आरोप छ।
यता अस्पताल प्रशासनले भने महिलालाई रातिमै अस्पतालमा भर्ना गरिएको र आवश्यक परीक्षणका लागि पठाइएको दाबी गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घटनाबारे छानबिन समिति गठन गर्ने बताएका छन्।