बालक घाइते चितुवाको आक्रमणबाट

0 Shares

बर्दिया – गुलरिया नगरपालिका–५ बालापुरका १० वर्षीय सिर्जन थारु बुधबार दिउँसो चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

गुलरिया नगरपालिका–४ स्थित केराबारीमा पानी सिँचाइ गर्न हजुरबुवासँग खेतमा गएको बेला चितुवाले आक्रमण गरेको हो । हजुरबुवाले खेतमा सिँचाइ गरिरहेको र बालक खाटमा बसिरहेको बेला चितुवाले टिपेर दौडिँदा होहल्ला गर्दा छोडेर भागेको जनाइएको छ ।

घाइते बालकको प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डेले बताए ।

सम्बन्धित समाचारसबै