वीरगन्जको बाँसबारीविरुद्ध कठिन जित

0 Shares

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेडले बाँसबारी क्लबविरुद्ध साँघुरो जित निकालेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा वीरगन्जले बाँसबारीविरुद्ध २–१ को कठिन जित निकालेको हो ।

वीरगन्जको जितमा विवेक चौधरी र अमर डंगोलले गोल गरे । बाँसबारीका सन्दीप लिम्बुले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो ।

खेलको ६६औँ मिनेटमा विवेकको गोलमा वीरगन्जले अग्रता लियो । ८५औँ मिनेटमा अमर डंगोलले अग्रतालाई दोब्बर बनाए । निर्धारित समयको अन्तिम मिनेटमा बाँसबारीका सन्दीप लिम्बुले एक गोल फर्काए ।

सम्बन्धित समाचारसबै